Skip to main content

विराटनगर र इटहरीमा इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो’ सार्वजनिक

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ‘ट्रियो’ नामक लिथियम–आइओन ब्याट्रीबाट सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर विराटनगर र इटहरीमा सार्वजनिक गरेको छ । कम्पनीले चितवन, हेटौँडा, धनगढी, जनकपुरधामलगायतका ठाउँपछि विराटनगर, इटहरीमा सार्वजनिक गरेको हो |

अग्नि इनर्जीको पीपलचोक विराटनगरका लागि विक्रेता रोयल अटो इन्टरप्राइजेजका प्रबन्ध निर्देशक किरण भट्टराई र इटहरीको सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ (इटहरी)का अध्यक्ष भीम पौड्यालले गरेको जनाइएको छ । समारोहमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, विराटनगर महानगरपालिका वडा नं ४ का अध्यक्ष जितेन थापा, मोरङ अटोमोबाइल डिलर एसोसिएसनका प्रतिनिधि, उद्योग संगठन मोरङका प्रतिनिधि, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि उपस्थित भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, मोरङ व्यापार संघका प्रतिनिधि, विराट व्यापार संघका प्रतिनिधि, नाडा आटोमोबाइल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष, महिन्द्रा इलेक्ट्रिकका सेल्स म्यानेजर अमित शाह, अग्नि इनर्जीका एजिएम प्रमोद भण्डारीको उपस्थिति रहेको जनाइएको छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सिबियू) संरचनाका माध्यमबाट नेपाल आउने कम्पनीले जनाएको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारीका लागि बुकिङ सुरु भएको जनाइएको छ । महिन्द्राको अधिकृत इभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्दै आएको छ । महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक दुई लाख रुपैयाँ बचत गर्न सक्ने कम्पनीको दाबी छ ।

अग्नि इनर्जीको पीपलबोट विराटनगर र इटहरीका लागि विक्रेता रोयल अटो इन्टरप्राइजेजका प्रबन्ध निर्देशक किरण भट्टराईले महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्ने बताए । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने उनको भनाइ थियो ।

Source

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors