Skip to main content

महिन्द्राका ‘एक्सयूभी-३००’ अब गण्डकी प्रदेश पनि

५ पुस, काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडले स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी-३००’ काठमाडौं पश्चात गण्डकी प्रदेशमा पनि बिक्रि वितरण शुरु गरेको छ ।

‘एक्सयूभी-३००’ गाडीलाई प्रदेश ४ का उद्योग, पर्यटन र पर्यावरण मन्त्री विकास लम्साल ज्यू र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरे ।

मारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने,’हामी एक्सयूभी ३०० गण्डकी प्रदेशमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षा गरेझैं नयाँ पुस्ताका महिन्द्रा गाडीहरु मध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकपि्रय हुनेछ ।’

अग्नि ग्रुपका स्थानीय विक्रेता बतास ब्रर्दश पोखराका प्रबन्ध निर्देशक शान्ताराज बतासका अनुसार, महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी-३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्द्राको नयाँ एक्सयूभी-३०० को डिजाइन निकै आक्रामक रहेको छ । कम्र्फट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले गण्डकी प्रदेशमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ ।

यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग-लाइट, पुश स्टार्ट-स्टप बटन, टचस्त्रिmन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन्ा् । मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र -पावरट्रेन) प्रणालीले कुशलापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ ।

यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि रु ३९ लाख ७५ हजार र डब्लु ८ (अप्शनल) वर्गका लागि रु ५६हजार ५० हजार त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि रु ४१ हजार २५हजार , डब्लु ६ वर्गका लागि रु ४५ लाख, डब्लु ८ वर्गका लागि रु ५१ लाख ५०हजार र डब्लु ८ -अफ्सनल) वर्गका लागि रु ५७ लाखख २५ हजार तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ ।

यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल हृवाइट, नपोली ब्लाक, डी-स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० मा थुप्रै र्फट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क-ब्रेक, १७ इन्च अलोय-हृवील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी-३०० निकै सुरक्षीत गाडी बनेको छ ।

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम-टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम-टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकषिर्त गर्नेछ ।

एक्सयूभी ३०० कम्र्फट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्छ ।

Source

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors