 
अग्नि ग्रुपले नेपालमा ल्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक–अप
महिन्द्राको युटिलिटि गाडीहरूको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक–अप फ्ल्याटबेड १.७ सार्वजनिक गरेको छ ।
काठमाडौँ (गैरीधारा), पोखरा, विरगञ्ज, चितवन, र विराटनगरको महिन्द्रा सोरुमहरूमा २०८२ जेठ ११ गते आइतबार, औपचारिक सार्वजनिकिकरण समारोह (लन्च इभेन्ट) मार्फत एकैसाथ नयाँ पिक–अप सार्वजनिक गरिएको हो । नेपालको व्यावसायिक सवारीको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धिको रूपमा रहेको यस समारोहमा अग्नि ग्रुपका विशेष अतिथिहरू, मिडिया प्रतिनिधि तथा ग्राहक वर्गको उत्साहजनक सहभागिता रह्यो ।
महिन्द्रा बोलेरो १.७ ले उत्कृष्ट ड्युरेबिलिटि (टिकाउपन) र पर्फमेन्सको लागि नेपाललगायत विश्व बजारमा परिचित रहेको बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको छ । नयाँ १.७ भेरियन्ट, नेपालमा अझ बलियो र अझ बढी क्षमतायुक्त युटिलिटि गाडीको बढ्दो मागलाई ध्यानमा राख्दै निर्माण गरिएको पिक–अप हो । महिन्द्रा बोलेरो पिक–अप १.७ ले नेपालमा व्यावसायिक तथा युटिलिटि सवारीको क्षेत्रमा एक नयाँ स्तर निर्धारण गरेको छ भने हरेक व्यवसायीहरूलाई हरेक किसिमको रोडमा साथ दिने प्रतिबद्धता गरेको छ ।
६३ बिएचपिको पावर र १९५ न्युटन मिटरको टर्क दिने २.५ लिटरको ‘एमटु–डिआइ–सिआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक–अप १.७त्, उत्कृष्ट पर्फमेन्स र युटिलिटिका लागि विभिन्न विशेषताहरूले भरिपूर्ण रहेको छ । यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल, र ९ पाता भएको स्प्रिङ सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फमेन्स सुनिश्चित गर्दछ । साथै श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन–कुशलता (फ्युल–इफिसियन्सि) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताको लागि फराकिलो को–ड्राइभर सिट, ड्राइभरको लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषताहरू समावेश रहेका छन् ।
 
                 
               
                 
                 
                 
               
                 
               
                 
                 
               
                 
                 
                 
               
                 
                 
                 
               
                 
               
                 
                 
                 
                 
                 
                 
                