Skip to main content

महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड शोरूम जनकपुरमा पनि

अग्नी ग्रुपले धनुषा जिल्ला, जनकपुरधाम उपमहानगरपालिकामा प्रदेश नम्बर २ मा एसयूभीलाई वास्तविकतामा परिणत गर्दै भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरु –स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ।

काठमाडौंमा र इटहरीमा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा दोस्रो आधिकारिक शोरूम बनेको छ।

नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी शोरुमको उद्घघाटन नेकपा एमालेका केन्द्रिय सचिव तथा उप प्रधानमन्त्री तथा पूर्व पररास्ट्रमन्त्री रघुविर महासेठ, महिन्द्रा एण्ड महिन्द्राका भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर र अग्नि ग्रुपका डेपुटी सेल्स डाइरेक्टर बर्दान बस्नेत लगायत स्थानीय, सरकारी तथा निजी कम्पनिका प्रतिनिधिहरुका उपस्थितीमा भएको थियो।

महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्राका अनुसार, “कम्पनीले उपभोक्ताको चाहनामा आधारित विभिन्न शृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा ध्यान केन्द्रित गरेको छ। महिन्द्राका सबै बिक्री साइटहरूमा समान स्तरको सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि हासिल गरिरहेका छौं । अग्नि ग्रुपले आफ्नो ट्विन पीक ब्रान्डको आफ्नो क्षितिजलाई नेपालभरका धेरै स्थानहरूमा विस्तार गर्न सक्रिय रूपमा महिन्द्रा एसयूभीहरू आफ्ना विद्यमान र सम्भावित ग्राहकहरू दुवैलाई पहुँचयोग्य बनाउन सक्रिय रूपमा योजना सुरु गरेको कार्यमा हामा्रे पूर्ण रुपमा साथ छ।”

ऋचा मोटर्सका प्रबन्ध निर्देशक राजेश अग्रवालका अनुसार अग्नि इन्कर्पोरेटिभको जनकपुर डिलरले नयाँ चुनौतिहरुलाई सामना गर्ने महत्वाकांक्षा र क्षमता झल्काउँछ । हाम्रो नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एसयूभी शोरुमले हाम्रा ग्राहकहरूलाई महिन्द्राका स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० जस्ता गाडीहरुको वास्तविक स्पेयर पार्टहरूसँग गुणस्तरीय बिक्री र सेवा प्रदान गर्नेछ। जनकपुरको यो सुविधासम्पन्न आउटलेटले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाउँदै निश्चित रूपमा लाभान्वित हुनेमा हामी विश्वस्त छौं।” यसबाहेक, उनी नयाँ ट्विन पीक सिरिजले मधेश प्रदेशमा सकारात्मक बजार राख्ने आशावादी छन्। त्यस्तै, अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर बर्दान बस्नेतका अनुसार, “यो सुविधासम्पन्न आउटलेटले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाउँदै निश्चित रूपमा लाभान्वित हुनेमा हामी विश्वस्त छौं। यस नयाँ ट्विन पिक्स सिरिजले मधेश प्रदेशमा सकारात्मक बजार राख्ने कुरामा हामी आशावादी छौं।”

यस क्षेत्रमा नयाँ ट्विन पिक्स शोरुम स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई थप मजबुत बनाउन र विद्यमान तथा नयाँ उद्यमीलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ। यसको आधारभूत सिद्धान्तको रूपमा ग्राहक सन्तुष्टिको वरिपरि केन्द्रित, महिन्द्राको अभिनव ट्विन पीक शोरूमले वरपरका क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूको अनुभवलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यसरी ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाइ पक्कै पनि जनकपूरका लगायत आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Source


© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors