Skip to main content

नेपालगञ्जमा महिन्द्रा गाडीको स्पेयर पार्टस् र एक्सोसरिज बिक्री कक्ष बिस्तार

काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सको आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टरले नेपालगञ्जको गनापुरमा महिन्द्रा गाडीहरुको स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने आधिकारिक बिक्री कक्षको बिस्तार गरेको छ ।

स्पेयर पार्टस्, एक्सोसरिज एवम् लुब्रिकेन्टहरु बिक्री गरिने बिक्री केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालले गरेका हुन् ।

गनापुर अटो वर्क्स सर्भिस सेन्टरको बिक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुनेछ । साथै आगामी दिनहरुमा कम्पनी एवम् ग्राहकबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।

Source

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors