महिन्द्राले हेटौंडामा सार्वजनिक गर्यो इलेक्ट्रिक ओरिजिन एसयूभी बीई-६ र एक्सईभी ९-ई
२ माघ, हेटौंडा । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले हेटौँडा तथा क्षेत्रीय बजारको लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभीहरू– बीई-६ र एक्सईभी ९-ई सार्वजनिक गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–७, न्युरेनिस्थित महिन्द्रा शोरूममा आयोजित कार्यक्रममा यी नयाँ विद्युतीय एसयूभी सार्वजनिक गरिएका हुन् । समारोहमा विशेष अतिथिका रूपमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट र ट्राफिक प्रहरी प्रभाग हेटौँडाका प्रहरी निरीक्षक बचु राम फुयाँल, ग्राहक तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।